images
images

होण्डाको ‘दशैंमा दश लाख’ योजना अब छठ पर्वसम्म चल्ने

होण्डाको ‘दशैंमा दश लाख’ योजना अब छठ पर्वसम्म चल्ने

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • होण्डाको ‘दशैंमा दश लाख’ योजना अब छठ पर्वसम्म चल्ने

    काठमाडौँ / होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको ‘दशैंमा दश लाख’ योजना अब छठ पर्व सम्म उपलब्ध हुने भएको छ । ग्राहकहरूको उत्साहजनक सहभागिता रहेकोले कम्पनीले छठ पर्व सम्मको लागि योजनाको अवधि थप गरेको जनाएको छ ।

    images
    images

    कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी र१० लाख नगद जित्न सक्ने छन् । यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरुले  १०,००० रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्ने वा १२,५०० रूपैयाँ बराबरको ५ वर्षै एएमसी प्याकेज पाउन सक्ने कम्पनीले जनाएको छ।

    कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘१ फाइनान्स योजना’  मा पनि यो ‘दशैंमा दश लाख’ योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख रूपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

    कम्पनीका अनुसार  यस उपहार योजना अन्तर्गत स्क्र्याच कुपन मार्फत जितिने भनिएको अधिकतम उपहार दस लाख भने हाल सम्म पनि जितिएको छैन । हाल सम्मका सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिँदै कम्पनीले, ‘होण्डा दशैँमा दस लाख’ योजना मार्फत अझै पनि जित्ने सम्भावना रहेको प्रथम पुरस्कार दस लाखको भाग्यशाली विजेता चाँडै नै प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार