images
images

भक्तपुर चेम्बरको शुभकामना आदान–प्रदान कार्यक्रम, उद्योगी ज्ञानेन्दलाल भन्छन् अझै सबल पक्ष छन्, नेतृत्वतहमा स्वार्थ हुनुभएन

भक्तपुर चेम्बरको शुभकामना आदान–प्रदान कार्यक्रम, उद्योगी ज्ञानेन्दलाल भन्छन् अझै सबल पक्ष छन्, नेतृत्वतहमा स्वार्थ हुनुभएन

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • भक्तपुर चेम्बरको शुभकामना आदान–प्रदान कार्यक्रम, उद्योगी ज्ञानेन्दलाल भन्छन् अझै सबल पक्ष छन्, नेतृत्वतहमा स्वार्थ हुनुभएन

    भक्तपुर चेम्बर अफ कमर्सको संस्थाका अध्यक्ष न्हुछे रत्न मानन्धरले आर्थिक क्षेत्र निराश हुँदै गएकोतर्फ संकेत गरेका छन् । उनले  व्यवसायीहरुलाई जागरुक बनाउँदै उत्साह जगाउने अभियान थाल्नुपर्ने बताए । 

    संस्थाले शुभ दिपावली (स्वन्ती नखः) २०८०, नेपाल सम्वत् (न्हू द“) ११४४ र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो । सोही अवसरमा मौजूदा आर्थिक अवस्था र अबको बाटो विषयमा एक प्रस्तुतिकरण कार्यक्रमसमेत भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि अर्थविज्ञ एवं इन्जिनियर ज्ञानेन्द्रलाल प्रधानले राज्यको नेतृत्व तह स्वार्थ नभए विकासको सम्भावना धेरै भएको बताए ।

    bhaktapur chember 3.JPG

    मुलुकमा अझै पनि सबल पक्ष धेरै रहेको उनको भनाइ थियो । राजनीतिक तहलाई दवाव दिनु पर्नेमा  उनको जोड रहेको छ । 

    कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले संस्थाले उद्यमी व्यवसायीको आवश्यकतामा आधारित रहेर सेवा सुविधा उपलब्ध गराउँदै आएको बताए । 

    Bhaktapur chember.JPG

    व्यवसायिक विषय बस्तुमा विचार मन्थनका लागि भक्तपुर चेम्बर अफ कमर्स उपयुक्त स्थान भएको बताए । 
    संस्थाका कार्यसमिति सदस्य माधव प्रसाद प्रजापतिको संयोजकत्वमा भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका उद्यमी व्यवसायी, लब्ध प्रतिष्ठित व्यक्तिहरु लगायत विभिन्न वस्तुगत एवं व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार