काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राख्नका लागि काठमाडौँको भद्रकालीस्थित प्रहरी परिसर पुर्याइएको छ । काठमाडौँ जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी हिरासतमा पुर्याइएको हो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो । सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दाका कारण फेरि प्रहरी हिरासतमा पुगेका हुन् ।
सोही मुद्दाको बयानका लागि लामिछाने आफैँ आइतबार अदालत पुगेका थिए । भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुने बताइएको छ ।