images
images

होण्डाको ‘दशैँमा दस लाख’ उपहार योजनामा गोकुल लामिछानेले जिते दस लाख

होण्डाको ‘दशैँमा दस लाख’ उपहार योजनामा गोकुल लामिछानेले जिते दस लाख

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • होण्डाको ‘दशैँमा दस लाख’ उपहार योजनामा गोकुल लामिछानेले जिते दस लाख

    काठमाडौँ / होण्डाको ‘दशैँमा दस लाख’ उपहार योजनामा ठिमीका गोकुल लामिछानेले दस लाख जितको छन् ।

    images
    images

    होण्डाको मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा लिएर आएको आकर्षक उपहार योजना ‘दशैँमा दस लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले दस लाख रुपैयाँ जितेका छन् ।

    मेट्रो अटो सेन्टर, गठ्ठाघर, भक्तपुरबाट बाइक खरिद गरेका लामिछानेले स्क्रयाच कुपन मार्फत दस लाख रुपैयाँ जितेका हुन् । होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकवर्गको उत्साहजनक सहभागिताका कारण यो योजना अवधिलाई छठ सम्म थप गरेको छ ।

    यसका साथै, १०,००० सम्मको थप स्क्रयाच कुपन र १२,५०० रुपैयाँबराबरको ५ बर्षको एयमसि प्याकेज पनि जित्न सकिने ‘चुज योर स्कीम’ योजनाबाट पनि थुप्रै ग्राहकहरु लाभान्वित हुनुभएको कम्पनीले बताएको छ ।

    ‘दशैँमा दस लाख’ उपहार योजना अन्र्तगत अन्य थुप्रै ग्राहकहरुले पनि रु. २५ हजार देखि रु. २ लाख सम्मको पुरस्कार जितिसकेका छन् । यो बर्ष होण्डाले ‘रु.१ मा फाइनान्स योजना’ र ’बिग बाइक’ किन्दा रु. १ लाख सम्मको छुट जस्ता आकर्षक योजनाहरु पनि सार्वजनिक गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार