images
images

पहिलो त्रैमाससम्ममा सोल्टी होटलले कमायो १० करोड ३२ लाख, अन्य सूचक कस्तो ?

पहिलो त्रैमाससम्ममा सोल्टी होटलले कमायो १० करोड ३२ लाख, अन्य सूचक कस्तो ?

बुधवार, कार्तिक २९ २०८०
बुधवार, कार्तिक २९ २०८०
  • images
    images
    पहिलो त्रैमाससम्ममा सोल्टी होटलले कमायो १० करोड ३२ लाख, अन्य सूचक कस्तो ?

    काठमाडौँ / सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार होटलले पहिलो त्रैमासमा १० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । 

    images
    images

    कम्पनीले कमाएको उक्त नाफा गत आवको सोहि अवधीको तुलनामा भने ८ दशमलव ६८ प्रतिशत कम हो । गत आर्थिक बषृ २०७९/८० को पहिलो त्रैमाससम्ममा कम्पनीको यस्तो नाफा ११ करोड २० लाख रुपैयाँ रहेको थियो । चालू आवमा होटलको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । 

    गत आवमा होटलको आम्दानी ४१ करोड ३२ लाख रुपैयाँ आम्दानी भएकोमा चालू आवमा घटेर ३९ करोड ९६ लाख रुपैयाँमा झरेको हो । त्यस्तै होटलको जगेडा कोष भने गत आवको तुलनामा चालू आवमा ३२ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ । गत आवमा होटलले जगेडामा ९९ करोड ८७ लाख रुपैयाँ सञ्चिति गरेकोमा चालू आवमा त्यो रकम बढाएर १ अर्ब ३२ करोड रुपैयाँ पुर्‍याएको छ । 

    त्यस्तै होटलको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १.१६ रुपैयाँ कायम भएको छ । गत आवमा होटलको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३३ पैसा थियो । पीई रेशियो ३३९.७४ गुणा रहेको होटलको प्रतिशेयर नेटवर्थ २४ रुपैयाँ ९७ रुपैयाँ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार