चर्चित समाचार
  • टिकटक कम्पनीले नेपाललाई पत्र पठाउँदै के भन्यो ?

    टिकटक कम्पनीले नेपाललाई पत्र पठाउँदै के भन्यो ?

    शुक्रवार, मंसिर १ २०८०
    शुक्रवार, मंसिर १ २०८०
  • टिकटक कम्पनीले नेपाललाई पत्र पठाउँदै के भन्यो ?

    काठमाडौँ / नेपालमा टिकटक बन्द भएपछि टिकटक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ । टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र लेखेका हुन् । 

    कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेलगत्तै त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो। सोमबार टिकटकले प्राधिकरणलाई पठाएको जवाफी पत्रमा नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा पारेको बताइएको छ । 

    पत्रमार्फत कम्पनीले नेपालमा टिकटक बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन समेत अनुरोध गरेको छ।  छोटो समयमा नै नेपालको विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक स्तरमा टिकटकको प्लेटफर्मलाई मानिसहरूले अपनाएको पत्रमा उल्लेख गरिएको छ । 

    “नेपाल सरकारको यो निर्णयबाट लाखौँ नेपाली जनताहरू, जसले हाम्रो यो प्लेटफर्ममार्फत रचना र खुसी साटे, उनीहरू जस्तै हामी पनि आश्चर्यचकित छौँ,” पत्रमा भनिएको छ, “यो प्लेटफर्मलाई छोटो समयमै नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका मानिसहरूले अँगालेका छन् । उनीहरूले यो प्लेटफर्म सूचना तथा शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरेका छन्।” 
     
    टिकटक प्लेटफर्म सूचना तथा शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरिएको कम्पनीको दावी छ । पत्रमा टिकटकले नेपालमा टिकटक सञ्चालनका निम्ति गरेका केही प्रयासहरूबारे पनि प्रकाश पारेको छ ।

    “हामीले नेपालको कानुनद्वारा वर्जित कुनै पनि सामग्री हटाउन सिधैँ अनुरोध गर्न सकिने पोर्टल, ‘ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टूल’ को पहुँच दिएका थियौँ । त्यस्तै २९ अगस्टमा डिजिटल सर्भिस ट्याक्स पेयरका रूपमा दर्ता पनि गरेका छौँ” पत्रमा उल्लेख छ । 

    कम्युनिटी गाइडलाइन्स भ्वाइलेन्स गरेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको टिकटकले जनाएको छ । सन् २०२२ अक्टोबरदेखि सन् २०२३ जुनसम्म उक्त संख्यामा भिडियोहरू हटाइएको उक्त पत्रमार्फत जानकारी दिइएको छ ।

    टिकटक बन्द हुँदा युवा पुस्ताका धरै नेपाली कन्टेन्ट क्रिएटरहरूलाई असर गरेको टिकटकको दाबी छ । नेपालका थुप्रै युवाले टिकटकमार्फत व्यवसाय सञ्चालन गरेको र यसरी बन्द गर्दा उनीहरूको व्‍यवसायमै समस्या आउने भन्दै टिकटकले पत्रमार्फत चिन्‍ता व्यक्त गरेको छ ।

    पत्रमा नेपाल सरकारले यसरी प्रतिबन्ध लगाउनुभन्दा सहयोग गरेमा सुरक्षाको लक्ष्य हासिल गर्न सहज हुने समेत बताइएको छ । विज्ञप्तिमा टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारसँग भएका सहकार्यविपरित रहेको समेत बताइएको छ ।

    प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको कन्टेन्टमा के समस्या भएको हो भन्ने पहिचान गर्नका निम्ति टिकटक नेपाल सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । 

    note.jpg

    tiktok note.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार