images
images

आज यी प्रदेशका पहाडी र हिमाली भेगमा बर्षा र हिमपातको सम्भावना, बिहीबारसम्मको मौसम कस्तो रहला ?

आज यी प्रदेशका पहाडी र हिमाली भेगमा बर्षा र हिमपातको सम्भावना, बिहीबारसम्मको मौसम कस्तो रहला ?

मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • आज यी प्रदेशका पहाडी र हिमाली भेगमा बर्षा र हिमपातको सम्भावना, बिहीबारसम्मको मौसम कस्तो रहला ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

    मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदली रहनेछ। 

    कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदली रहनेछ। 

    पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    साथै देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार