images
images

सिटिजन लाइफ इन्स्योरेन्सले जित्यो ‘बेस्ट स्ट्राटेजिज फर इन्सुरेन्स स्प्रिडिङ’ अवार्ड, सेवा विस्तार र सचेतनामा उत्कृष्ट रणनीति

सिटिजन लाइफ इन्स्योरेन्सले जित्यो ‘बेस्ट स्ट्राटेजिज फर इन्सुरेन्स स्प्रिडिङ’ अवार्ड, सेवा विस्तार र सचेतनामा उत्कृष्ट रणनीति

शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • सिटिजन लाइफ इन्स्योरेन्सले जित्यो ‘बेस्ट स्ट्राटेजिज फर इन्सुरेन्स स्प्रिडिङ’ अवार्ड, सेवा विस्तार र सचेतनामा उत्कृष्ट रणनीति

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘बेस्ट स्ट्राटेजिज फर इन्सुरेन्स स्प्रिडिङ’ अवार्ड जितेको छ । इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित  ‘इमर्जिङ एशिया इन्सुरेन्स अवार्डको चौँथो संस्करणमा कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो । 

    images
    images

    नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पु-याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरू मध्येबाट उत्कृष्टहरूलाई इण्डियन चेम्बर अफ कमर्सले बिगत ४ वर्षदेखि यो अवार्ड दिँदै आएको छ । 

    मुम्बई, महाराष्ट्रमा आयोजित एक भव्य समारोहकाबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनीभरीमा बीमा सम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्यमा सबैभन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रूपमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई यो पुरस्कार प्रदान गरिएको हो ।

     भदौ ७ गते २०७४ बाट नेपाल बीमा प्राधिकरणबाट सञ्चालनको अनुमति प्राप्त गरी २०७४ साल कार्तिक २ गतेबाट सञ्चालनमा रहेकोे सिटिजन लाइफ इन्स्योरेन्स नेपालको फैलदो बीमा क्षेत्रकै उत्कृष्ट प्रतिनिधि बीमा कम्पनी हो । 

    हाल, देशभरका १४१ शाखा, उपशाखाहरू र लगभग ६१ हजारभन्दा बढी अभिकर्ताहरूबाट सेवाग्राहीहरूलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा सधैँ अग्रसर रहँदै आएको कम्पनीको भनाइ छ । 

    कम्पनीले आफ्ना ग्राहकहरूको भविष्यमा आइपर्न सक्ने कुनै पनि आर्थिक जोखिमका बिरुद्ध आर्थिक र वित्तीय सुरक्षाको ग्यारेण्टी दिन सक्ने भरपर्दो र विश्वासिलो बीमा कम्पनीको परिचय बनाउन सफल भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार