images
images

नेपाल इन्स्योरेन्सद्वारा १०.५२ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

नेपाल इन्स्योरेन्सद्वारा १०.५२ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

आइतवार, मंसिर १० २०८०
आइतवार, मंसिर १० २०८०
  • नेपाल इन्स्योरेन्सद्वारा १०.५२ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ / नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। 

    images
    images

    कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

    हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९ रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो। 

    गत वर्ष कम्पनीले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको लाभांश दर बढेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार