images
images

सिजि मोटर्सले थप गर्‍यो तीन नयाँ शोरुम

सिजि मोटर्सले थप गर्‍यो तीन नयाँ शोरुम

सोमवार, मंसिर ११ २०८०
सोमवार, मंसिर ११ २०८०
  • सिजि मोटर्सले थप गर्‍यो तीन नयाँ शोरुम

    काठमाडौँ / विद्युतीय गाडी नेटा भी , ११ सिटर सिजि केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि नेपालका तीन स्थानहरुमा नयाँ शोरुम खोलेको छ ।

    images
    images

    बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढिमा ब्रम्हा मोटर्सले डिलरशिप पाएर शोरुम सन्चालनमा ल्याएका हुन् ।

    शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि छिटै नै सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

    सिजि मोटर्सले बिक्री गर्ने नेटा भी हाल इभी पारखीहरुमाझ लोकप्रिय रहेको कम्पनीले जनाएको छ । मुख्यतया यसको मूल्य तथा यसले दिने सुविधाहरु तथा ३८० किमिको रेन्जले गर्दा नेटा भी ग्राहकहरुको पहिलो रोजाइको रुपमा स्थापित भएको दाबी कम्पनीको छ ।

    १७० मिमिको ग्रोउन्ड क्लियरेन्स भएको नेटा भिमा ८ बर्ष अथवा १५०००० हजार किमि को वारेण्टी रहेको कम्पनीले जनाएको छ । साथै नेपालको सर्वाधिक बिक्री हुने इेभि भ्यान सिजि केवाइसी तथा किङ्लोङ शहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखरामा आफ्नो शोरुम खोलेर बिक्री बितरण गर्दै आइरहेको छ।

    कम्पनीले चाँडै विराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुरमा बिस्तारित शोरुमसहित सर्भिसको सुबिधा उपलब्ध गराउने जानकारी दिएको छ । हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्द गराउने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार