images
images

आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप, देशभर बजार विस्तार गर्ने योजना

आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप, देशभर बजार विस्तार गर्ने योजना

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप, देशभर बजार विस्तार गर्ने योजना

    काठमाडौँ / आईएमई ग्रुपले विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुल नेपाली बजारमा बिक्री वितरण गर्ने भएको छ । लामो समयदेखि नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुललाई अब उप्रान्त आधिकारिक रुपमा बिक्रीवितरण गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ बिक्रेताको रुपमा नियुक्त गरेको हो ।

    images
    images

    आधिकारिक विक्रेतामा नियुक्त भएसँगै कम्पनीले मोटुलको बजारलाई देशभर विस्तार गर्ने जनाएको छ । 

    आईएमई ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनका सीईओ हेमन्त पुरानिकका अनुसार गुणस्तरिय र उच्च प्रविधीयुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता अनुरुप मोटुलसँग सहकार्य गरिएको हो ।

    “मोटुलजस्तो विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्डसँग जोडिएर व्यावसाय गर्न पाउँदा हामी एकदमै उत्साही बनेका छौ । साथै यो ब्रान्डको बजार नेपालभर विस्तार गरेर ग्राहकलाई गुणस्तरिय लुब्रिकेन्ट्स उपलब्ध गराउन प्रतिबद्ध समेत छौँ” उनले भने ।

    लुब्रिकेन्ट्स जगतमा मोटुल प्रसिद्ध नाम हो । १७० वर्ष पुरानो यो फ्रेन्च ब्रान्ड विशेषतः हाई पर्फमेन्स इन्जिन आयलको उत्पादनमा अग्रणी रहँदै आएको छ ।

    टु–ह्विलरदेखी हेभी ड्यूटी कमर्सियल भेहिकलसम्ममा प्रयोग गर्न मिल्ने बिभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सवै रेन्ज नेपाली बजारमा समेत उपलब्ध हुने आईएमई ग्रुपले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार