images
images

नेपाल ल्युब आयलद्वारा २ विद्यार्थीलाई छात्रवृत्ति प्रदान, कम्पनीमै मेकानिक थिए विद्यार्थीका पिता

नेपाल ल्युब आयलद्वारा २ विद्यार्थीलाई छात्रवृत्ति प्रदान, कम्पनीमै मेकानिक थिए विद्यार्थीका पिता

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • नेपाल ल्युब आयलद्वारा २ विद्यार्थीलाई छात्रवृत्ति प्रदान, कम्पनीमै मेकानिक थिए विद्यार्थीका पिता


    नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चितवन रत्ननगरका २ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

    images
    images

    रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एकवर्षको लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामाग्री बापतको १ लाख १५ हजार ३ सय रुपैयाँ बराबरको चेक हस्तानान्न्तरण गरिएको हो । 

    रत्ननगरमै मेकानिकको रूपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ सालमा कोभिड महामारीका कारण मृत्यु भएको थियो । वि.सि.अटोवर्कशप नाममा आफ्नै वर्कशप सञ्चालन गरेको दिवंगत विक्रम चौधरी, एक कर्मठ र दक्ष अटो मेकानिक रूपमा परिचित थिए ।  

    रत्ननगरको शिवकृपा अटोपार्टस सेन्टरमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका मार्केटिंग मेनेजर पूर्णिमा गौतम, चितवनका लागि नेपाल ल्युबको आधिकारिक विक्रेता आशिर्वाद ट्रेडिङका सञ्चालक सुवास कँडेल, नेपाल अटो मेकानिकल एसोसियसनका पुर्व अध्यक्ष ठाकुर प्रसाद न्यौपाने, नेपाल अटो मेकानिकल व्यवसायी संघका महासचिव टिकादत्त अधिकारी लगायतले संयुक्त रूपमा चौधरी परिवारलाई चेक हस्तानान्न्तरण गरेका हुन् ।  

    नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराईले भने,“हामीले सधैँ नेपालमा कार्यरत मेहनती अटो मेकानिक्सहरूको क्षमता विकासमा ध्यान केन्द्रित गरेका छौँ । त्यसैले हाम्रा अटो मेकानिक र उहाहरूका परिवारलाई आवश्यक परेको बेला सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो र यो जिम्मेवारी  हामीले भविष्यमा पनि निर्वाह गर्नेछौँ ।”   

    “मजदुरहरूलाई खुसी पार्न लाखौँ रकम भोजभतेर तथा खानपानमा खर्च गर्ने कार्यक्रम गर्नु भन्दा मजदुरको सन्तानको शिक्षादिक्षामा लगानी गर्दा समस्त परिवारको नै दिगो रूपमा विकास हुन्छ“, भन्ने विश्वास नेपाल अटो मेकानिकल एसोसियसनका पूर्व अध्यक्ष ठाकुर प्रसाद न्यौपाने व्यक्त गरेका थिए । 

    फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार