images
images

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा कविदास श्रेष्ठ र महासचिवमा ज्ञानेन्द्र मानन्धर

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा कविदास श्रेष्ठ र महासचिवमा ज्ञानेन्द्र मानन्धर

सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा कविदास श्रेष्ठ र महासचिवमा ज्ञानेन्द्र मानन्धर

    भक्तपुर / भक्तपुर चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारण सभासंगै सम्पन्न भएको तेस्रो अधिवेशनबाट कविदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । वल्र्ड दरवार पार्टी प्यालेस भक्तपुरमा सम्पन्न भएको सभाबाट सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । 

    २३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ, एशोसियट्स तर्फको उपाध्यक्षमा जगतबहादुर श्रेष्ठ, चारैवटा नगरतर्फका उपाध्यक्षहरूमा क्रमश भक्तपुरबाट राधे सुन्दर साँयजू, मध्यपुरथिमिबाट चन्द्रभक्त श्रेष्ठ, चाँगुनारायणबाट गोकुल प्रसाद प्रजापति र सूर्यविनायकबाट माधव प्रसाद प्रजापति चयन भएका छन् । 

    यसैगरी महासचिवमा ज्ञानेन्द्र मानन्धर र कोषाध्यक्षमा सुरेन्द्र जाकिबन्जार भएका छन् भने सदस्यहरूतर्फ अष्टबज्र बज्राचार्य, विजय हाछेथु, न्हुछे राम धुख्वा, पशुपति भुसाल, जीवन मारिखु, विक्रम प्रजापति, नानिबाबु थापा र कुलदिप जिसि चयन भएका छन् । 

    यसैगरी सभाबाट प्रश्रित भोयद्योलाई कार्यसमितिमा मनोनित समेत गरेको छ । अब एक जना मानार्थसहित तीन जना कार्यसमिति मनोनित हुन बाँकी रहेको भक्तपुर चेम्बरले जनाएको छ । यस अघि छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पानसमा द्विप प्रज्वलन गरी गरेका थिए । 

    सो अवसरमा उनले मुलुकको आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर जानुको विकल्प नभएको प्रष्ट पारे । साथै, उनले मुलुकमा लगानीका प्रशस्त सम्भावनाहरू हुँदाहँुदै पनि राज्यको नीति व्यवसाय मैत्री नहुँदा निजी क्षेत्रको मनोबल गिर्दै गएको जिकिर गरे ।

    संस्थाका अध्यक्ष न्हुछे रत्न मानन्धरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य तथा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार रोशन भोयद्यो, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धर र भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम कृष्ण खर्बुजाले शुभकामना व्यक्त गरेका थिए । 

    उद्घाटन समारोहकै अवसरमा संस्थाबाट प्रकाशित स्मारिका ‘आर्थिक संवाहक २०८०’को विमोचन पनि गरिएको थियो भने संस्थालाई आर्थिक योगदान गर्नुहुने संस्थाका सदस्यहरूलाई प्रमुख अतिथिबाट सम्मान समेत गरिएको थियो । समारोहमा संस्थाका वरिष्ठ उपाध्यक्ष श्री कविदान श्रेष्ठले धन्यवाद ज्ञापनसमेत गरेका थिए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार