काठमाडौँ / शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले क्लिङ्कर भारत निर्यात गरेको छ । शौर्य सिमन्टेले आफ्नो उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात सरु गरेको हो । मंसिर १६ गते आयोजित एक औपचारिक कार्यक्रममा शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले संयुक्त रूपमा रिवन काटेर निर्यातको सुरुवात गरेका हुन् ।
उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून MGO तथा उच्चस्तरिय चुनढुङ्गा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृत भई निर्यात गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।
उद्योगले माघ २०७८ बाट व्यवसायिक उत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३००० मेट्रिक टन क्षमता रहेको छ । व्यवसायिक घराना शंकर गु्रप, गोल्छा ग्रुप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले ओपिसी (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ ।