एनआईसी एशिया लघुवित्तद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न, विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्य

एनआईसी एशिया लघुवित्तद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न, विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्य

आइतवार, मंसिर २४ २०८०
आइतवार, मंसिर २४ २०८०
  • images
    images
    एनआईसी एशिया लघुवित्तद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न, विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्य

    काठमाडौँ / एनआईसी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

    एनआईसी एशिया लघुवित्तले १४ गते बिहिवार देखि सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर,जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार,फर्पिङ, अमरगढी, भिमाद  शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । 

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंसिर महिनामा सो कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले एन आई सी एशिया लघुवित्त वित्तीय सस्थाले दर्जन बढि बिद्यालयहरुका ३०० बढि विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो । 

    विशेष गरेर  कार्यक्रमले बालबालिका एवम् युवा वर्गमा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको र वित्तीय सेवा र पहुँचको अवसरबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण र वित्तीय कारोबार बारे अनविज्ञ बिद्यार्थी भाई बहिनीहरुलाई केन्द्र बिन्दुमा राख्नु मूल कर्तव्य ठानेर बालबालिकाहरुमा विद्यालय तहमै वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउने मूल उदेश्य यस कार्यक्रमले राखेको छ आउँदा दिनहरुमा यो कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । संस्थाले हाल २८९ ओटा शाखामार्फत वित्तीय सेवा हरु दिँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार