images
images

झाँकीसहित पोखरा सडक महोत्सव सुरु (तस्बिरहरू)

झाँकीसहित पोखरा सडक महोत्सव सुरु (तस्बिरहरू)

बिहिवार, पुस १२ २०८०
बिहिवार, पुस १२ २०८०
  • झाँकीसहित पोखरा सडक महोत्सव सुरु (तस्बिरहरू)

    पोखरा / रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)को आयोजनामा पोखरा सडक महोत्सवको २५ औं संस्करण आजदेखि सुरु भएको छ । सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित मनाइने यो महोत्सव १६ गते सोमबारसम्म चल्नेछ । यस बर्ष पोखरा सडक महोत्सवको २५ औँ संस्करण भएकोले रेवानले रजत जयन्तीका रूपमा पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा महोत्सव मनाउने भएको छ । 

    images
    images

    महोत्सवमा थारु, मगर, किरात, नेवारीलगायत जातजाति तथा समुदायको परम्परागत भेषभूषासँगै संस्कृति समावेश गरिएको छ । महोत्सवमा परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरू प्रदर्शनमा राखिएको छ । 


     त्यस्तै, सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रदर्शन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ । आयोजकका अनुसार महोत्सव करिब ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । 

    तस्बिरहरू

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार