images
images

च्याउ मेला तथा परिकार महोत्सव आइतबार, किङ वयस्टर, सिताके, गोभ्रे र कन्यको प्रयोगात्मक प्रदर्शनी हुने

च्याउ मेला तथा परिकार महोत्सव आइतबार, किङ वयस्टर, सिताके, गोभ्रे र कन्यको प्रयोगात्मक प्रदर्शनी हुने

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • च्याउ मेला तथा परिकार महोत्सव आइतबार, किङ वयस्टर, सिताके, गोभ्रे र कन्यको प्रयोगात्मक प्रदर्शनी हुने

    काठमाडौँ / च्याउ उत्पादक किसान संघ नेपालले च्याउ प्रवर्द्धनका लागि आइतबार अर्थात पुस १५ गते ललितपुरस्थित जावालाखेल खेलमैदानमा एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ आयोजना गर्ने भएको छ । ‘च्याउ किसानहरूको जागरुपता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना गरिने उक्त मेलामा च्याउसँग सम्बन्धित ३० ओटा स्टलहरू रहनेछ । 

    शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले बर्ष च्याउ दिवसको अवसरमा एक दिने च्याउ परिकार मेला तथा प्रदर्शनी कार्यक्रममा च्याउ किसानहरू, आम नागरिक, विभिन्न संघ संस्था तथा राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहने जानकारी दिएको छ । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ । 

    च्याउको विभिन्न परिकारहरू प्रदर्शनीमा राखिनेछ । साथै, कन्य, गोभ्रे, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रदर्शनीसमेत गरिने संघका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए । विभिन्न स्टलहरूमा भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको प्रदर्शनी गरिने उनले बताए । राष्ट्रिय कलाकारहरूको उपस्थितिमा विशेष सांस्कृति कार्यक्रमसमेत हुने महोत्सवमा निःशुल्क रूपमा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्थासमेत हुनेछ । 

    च्याउ क्षेत्रमा देखिएको चुनौतीहरूलाई अवसरमा विकास गर्नका लागि च्याउ उत्पादक किसानहरू संगठित रूपमा उत्पादन, यस क्षेत्रको अध्ययन अनुसन्धान, व्यवसायीकरण र आधुनिकीकरण र उत्पादनको औद्योगिकरण गर्ने अभियानमा निरन्तर संघले निरन्तर कार्य गर्ने अध्यक्ष कार्कीले बताए । 

    उनले भने, “किसान आफू उत्पादक पनि किसानले आफैँ उत्पादन गर्ने र त्यसको उचित व्यवस्थापन पनि आफैँले गर्नुपर्ने बाध्यता रहेको छ । जुन नेपालको सुन्दर्भमा अत्यन्त कठिन रहेको छ । खुला बजार अर्थनीतिको कारण नेपाली किसानहरूको उत्पादन विश्व बजारका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता हाम्रा लागि चुनौपूर्ण रहेको छ ।” 

    त्यस्तै, महासचिव विकास रिमालले दुई बिशाल भूगोल, जनशक्ति र आर्थिक रूपमा सबल छिमेकीहरूको सस्तो र व्यवस्थित उत्पादन प्रणालीसँग प्रतिस्पर्धा गर्न हाम्रा किसान र उत्पादन सक्षम र प्रतिस्पर्धी हुनुपर्ने आजको टड्कारो आवश्यकता रहेको बताए ।  

    च्याउ एक प्रकारको ढूसी हो तर सबै ढूसी च्याउ होइनन् । च्याउले आफ्नो खाना आफैँ बनाउन सक्दैन । च्याउ जरा र पात नभएको, फूल नफुल्ने र आँखाले नदेखिने, मसिनो धागो जस्तो रेसाहरूले जेलिएर बनेका हुन्छन् । च्याउ अति नै पोषिलो र स्वास्थ्यवद्र्धक खाद्य वस्तु हो । 

    त्यसैले विश्व बजारमा यसको माग अत्याधिक रहेको छ । नेपालमा हाल गोभ्रे, कन्ये, सिताके, दुधे र राजा च्याउको व्यवसायिक रूपमा खेती गरिदै आएको छ । नेपालमा धेरै जातका च्याउहरू पाइन्छन् तर यसको अध्ययन अनुसन्धान र विकास भने हुन सकेको छैन । नेपालमा बहुमूल्य जातका च्याउहरूको उत्पादन र निर्यातको पर्याप्त सम्भावना हुँदाहुँदै पनि सरकारको यसतर्फ ध्यान पुग्न नसकेको उनको गुनासो छ । 

    नेपालमा च्याउको इतिहास 

    नेपालमा प्राचिन समयदेखि नै च्याउको उपभोग गरिदै आएको पाइन्छ । व्यवसायिक रूपमा च्याउ उत्पादन नगरिएको अवस्थामा पनि बन जंगलमा उपलब्ध भएको च्याउ मानिसहरूले उपभोग गर्ने गरेको पाइन्छ । सर्वप्रथम कन्ये च्याउको उत्पादन र अनुसन्धान पश्चात २०३०/३१ सालमा गोब्रे च्याउको खेती प्रविधि सम्बन्धि अनुसन्धान भएको हो । राष्ट्रिय कृषि अनुसन्धान परिषद अन्र्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधि सम्बन्धी अध्ययन गर्न सफल भएपछि २०३७ सालबाट देशका विभिन्न स्थानका किसानहरूलाई च्याउ खेती प्रविधि सम्बन्धी तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो ।

    २०३४/३५ सालबाट नै काठमाडौँको बलम्बु, चापागाउ, दधिकोट हुँदै नेपालका विभिन्न स्थानमा निरन्तर रूपमा च्याउखेती गरिदै आइएको छ । बर्तमान समयमा च्याउ उपभोग गर्ने मानिसहरूको सङ्ख्या वृद्धि हुँदै गएकोले यसको व्यवसायिक उत्पादन गर्ने किसानहरूको सङ्ख्या पनि दिनानुदिन बृद्धि हुँदै गइरहेको छ । हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरूमा व्यवसायिक रूपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेका छन् ।

    च्याउ उत्पादक किसानहरूको एकमात्र संगठित नेतृत्वदायी संस्था च्याउ उत्पादक किसान संघ नेपाल हो । देशभर छरिएर रहेका च्याउ उत्पादक किसानहरू सङ्गठित र जागरण गर्दै च्याउ देतिको विकास र प्रवर्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै उत्पादक किसानका हक अधिकारका लागि पैरवी गर्ने उद्देश्यले वि.सं. २०६१ साल पुस १५ गते च्याउ उत्पादक किसानहरूको साझा सङ्गठनको रूपमा च्याउ उत्पादक किसान संघ नेपालको स्थापना भएको हो । 

    च्याउ उत्पादक किसान संघ नेपाल उत्पादक किसानहरूको संगठित शक्तिद्वारा देशलाई च्याउ उत्पादनमा आत्मनिर्भर बनाउने, युवाहरूलाई च्याउ उत्पादनमा प्रोत्साहन गर्दै देशमा स्वरोजगारीको अवसरहरू श्रृजना गरी समग्र च्याउ क्षेत्रको विकासमा टेवा पु¥याउँदै आएको छ । नेपालमा च्याउको उत्पादन मात्र नभउर उपभोक्तालाई यसको उपयोगिताको बारेमा पनि जागरण गर्ने काम यस किसान संघले गर्दै आइरहेको छ । साथै स्वस्थ्य र वृहत उत्पादनद्वारा जनस्वास्थ्य र राष्ट्रिय आयमा उल्लेखनीय योगदान पुर्याउँदै आइरहेको छ । 

    स्थापनादेखि नै च्याउलाई राष्ट्रिय दिवसको रूपमा मनाउनका लागि विभिन्न समयमा सरकारी निकायहरूसँग अनुरोध र दबाबका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको थियो । च्याउ उत्पादक किसान संघ नेपालले २०७६ पुस ९ गतेदेखि पुस २९ गतेसम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ च्याउ किसान र सरोकारवालाहरूको सहभागितामा सञ्चालन गरेको थियो ।

    पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा भएकोले कुनै एक दिनलाई च्याउ दिवसका रूपमा घोषणा गराउनका लागि संघ र च्याउ उत्पादक किसानले प्रयत्न गरिरहेको सन्दर्भमा मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण’को कार्यक्रम २०७६ पुस १५ गतेका दिन बागमति प्रदेशको राजधानी हेटौडामा सञ्चालन भएको थियो । 

    उक्त दिन च्याउ संघ र कृषकको अनुरोधलाई स्वीकार गर्दै बागमती प्रदेश सरकारले प्रदेश स्तरमा च्याउ दिबसको विधिवत रूपमा घोषणा गरेको थियो ।  गरिएको थियो । उक्त बर्षदेखि नै च्याउ उत्पादक किसान संघले च्याउ किसान र सरकारवालाहरूको सहभागितामा प्रत्येक बर्ष पुस १५ गते विभिन्न कार्यक्रमहरू सञ्चालन गरि मनाइँदै आइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार