images
images

राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार चाहिन्छ : शेखर कोइराला

राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार चाहिन्छ : शेखर कोइराला

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार चाहिन्छ : शेखर कोइराला

    काठमाडौँ / नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजनीतिक व्यक्तिमा नैतिकता र संस्कार चाहिने बताएका छन् । 

    images
    images

    राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाल प्रजातन्त्र सेनानी सङ्घ बागमती प्रदेशस्तरीय भेला २०८० मा डा कोइरालाले कांग्रेस सुदृढ बनाउन राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तीनवटा शब्द दिएर बिपी कोइराला जानुभएको बताए ।

    डा कोइरालाले भने, “कांग्रेस विगतमा किन बलियो थियो र क्रमशः किन कमजोर हुँदैछ ? तपाईंहरूले पार्टीलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिनुपर्छ । पार्टीभित्र विगतमा भएका असल अभ्यास र अहिलेका नराम्रा कुराका सकारात्मक आलोचना गनुपर्छ ।”

    कांग्रेस सहमहामन्त्री डिना उपाध्यायले पुराना नेताहरूको अभिलेख पार्टीले राख्नुपर्ने बताइन् । उनले मुलुकका लागि महत्त्वपूर्ण योगदान पु-याएका नेताहरूको अभिलेख राख्ने र विगतमा गरेका कामका आधारमा न्याय दिनुनपर्ने तर्क गरिन् । सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले सेनानीहरुको परिचयपत्र नेपाल सरकारले दिनुपर्ने बताए । 

    सेनानीले विगतको राजनीतिमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै उनले त्यस्ता व्यक्तिहरुको सम्मान पार्टीले गर्नुपर्ने धारणा राखे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार