images
images

टेस्लालाई उछिन्दै बीवाईडीले एक वर्षमा बिक्री गर्यो ३० लाख बढी गाडी

टेस्लालाई उछिन्दै बीवाईडीले एक वर्षमा बिक्री गर्यो ३० लाख बढी गाडी

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • टेस्लालाई उछिन्दै बीवाईडीले एक वर्षमा बिक्री गर्यो ३० लाख बढी गाडी

    काठमाडौँ / विद्युतीय सवारीसाधनको उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको बीवाईडीले २०२३ को अन्त्यसम्ममा टेस्लाको बिक्री संख्यालाई उछिन्दै ३० लाख २४ हजार ४१७ विद्युतीय गाडी बिक्री गरेको छ । साे अवधिमा बीवाईडीले  वर्षको तुलनामा ६१.८ प्रतिशत बढी सवारी साधन बिक्री भएकाे जनाएकाे हाे ।

    images
    images

    वार्षिक मापदण्डमा ४५.० प्रतिशत को वृद्धि देखाउँदै बीवाईडीले डिसेम्बर २०२३ मा कुल मासिक ३ लाख ४१ हजार ४३ न्यू इनर्जी गाडी (एनईभी) बिक्री गरेको थियो । साे सँगै  बीवाईडीले आफूलाई विश्वमै अग्रणी रुपमा स्थापित गर्न सफल भएको छ ।

    कम्पनीका अनुसार वर्ष २०२२ मा पनि बीवाईडीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै १.८६ मिलियन विद्युतीय गाडी बिक्री रेकर्ड  बनाएको थियो ।  कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन विद्युतीय गाडी बजारमा लैजान सफल भएकाे जनाएकाे छ ।

    कम्पनीका अनुसार बीवाईडीले पर्यावरणमैत्री सवारीसाधनहरु मार्फत यातायातको क्षेत्रमै केही परिवर्तन ल्याउने प्रयास गरेको छ। बीवाईडीले विद्युतीय गतिशीलता र कार्बन फुटप्रिन्ट घटाउने लक्ष्य, विश्व जलवायुमा आएको परिवर्तनसँग भिड्ने र कार्बनको उत्पादन घटाउने प्रयासहरुलाई समर्थन गर्दै आएको दाबी गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार