images
images

एनपिएलको एक्सक्लुसिभ टिकटिङ पार्टनर 'खल्ती’द्वारा अनलाइन टिकट खुल्ला

एनपिएलको एक्सक्लुसिभ टिकटिङ पार्टनर 'खल्ती’द्वारा अनलाइन टिकट खुल्ला

मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • एनपिएलको एक्सक्लुसिभ टिकटिङ पार्टनर 'खल्ती’द्वारा अनलाइन टिकट खुल्ला
    images
    images

    काठमाडौँ / नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गरेको छ । नेपाली क्रिकेट जगतको महा उत्सव, द फेस्टिभल अफ हिमालयज ‘नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको हो ।

    यो लिगले देशभित्र र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा सबै पक्षहरू विश्वस्त छन् । क्रिकेट प्रेमी फ्यानहरूको उत्साह चरम विन्दुमा छ भने उनीहरूले खल्ती एपमार्फत सजिलैसँग टिकट ‘क्याच’ गर्न सक्ने भएका छन् । 

    केही क्लिकमै खल्तीबाट टिकट काटेर फ्यानहरू स्टेडियममै पुगी आफ्नो मनपर्ने टिमलाई हुटिङ गर्न, प्रत्येक चौका, छक्का र विकेटको मजा लिन साथै खेलको सप्राइजिङ मोमेन्टहरू प्रत्यक्ष रूपमा नजिकैबाट अवलोकन गर्न सक्नेछन् ।

    अनलाइन टिकटहरू अब खल्ती एपमा उपलब्ध छन् र क्रिकेट फ्यानहरूले खेलका टिकटहरू सजिलै लिन सक्नेछन् । 

    पहिलो दिन, प्लेअफ र त्यसपछिका खेल हुने दिन बाहेक, प्रतिदिन साधारण टिकटको मूल्य  ३ सय रुपैयाँ साथै भिआइपी टिकटको मूल्य ५ सय रुपैयाँ तोकिएको छ । 

    प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ । फ्यानहरूले सबै खेलको एकमुस्ट – सिजन पास पनि लिई सक्नेछन् । साधारणको मूल्य ४ हजार ४ सय ८० रुपैयाँ र भिआइपी टिकटको मूल्य ८ हजार २ सय ४० रुपैयाँ तोकिएको छ । 

    मंसिर १५ बाट टियू अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा हुने एनपिएलमा विराटनगर किन्ङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी छन् भने राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ । 

    एनपिएलमा टिकटिङ पार्टनरको रूपमा खल्तीलाई पाउँदा हामी निकै उत्साहित भएको क्यानका सचिव तथा नेपाल क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले बताए । 

    उनले भने, “नेपाल क्रिकेटलाई विश्व सामु बलियो देखाउने यो अवसरमा सम्पूर्ण फ्यानहरूले, ग्राउन्डमै आएर साथ र सपोर्ट गर्नुहुनेछ भन्ने आशा गर्दछौँ । मंसिरमा १५ मा टियू ग्राउन्डमै भेटौँला ।”

    खल्ती र एनपिएलको यस नयाँ साझेदारी क्रिकेट प्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय भएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए । 

    उनले भने, “डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र क्रिकेट प्रेमीहरूको चाडपर्व एनपिएलको यस साझेदारीले सबै फ्यानहरूको क्रिकेट फेस्टिभलको यस अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ । हामी पनि क्रिकेट फ्यानको रूपमा अत्यन्त उत्साहित छौँ । हामी आशा गर्दछौँ सबैले बिना कुनै झन्झट, सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ । अब गुन्जिनेछ स्टेडियम, अब गुन्जिनेछ नेपाल ।”

    आइएसओ २७००१ः २०१३ बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards २०२२, देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र अनवरत रूपमा डिजिटल कारोबारमा पु-याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ । 

    खल्तीमा देशभरीका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यवसायी, ५५+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पु-याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार