images
images

चेम्बर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न, कर प्रशासन सुधारदेखि तथ्याङ्क अध्यावधिक गर्नेसम्मका सुझाव

चेम्बर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न, कर प्रशासन सुधारदेखि तथ्याङ्क अध्यावधिक गर्नेसम्मका सुझाव

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • चेम्बर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न, कर प्रशासन सुधारदेखि तथ्याङ्क अध्यावधिक गर्नेसम्मका सुझाव

    काठमाडौँ / भक्तपुर चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना यचु पार्टी भेन्यू मध्यपुर थिमिमा गरेको छ । संस्थाले सदस्यहरूका लागि प्रदान गर्दै आएका विविध सेवा सुविधाहरू लगायत संस्थाबाट सदस्यहरूले लिन सक्ने लाभका विषयमा सदस्यहरूलाई सुसुचित गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना भएको हो । 

    सो अवसरमा संस्थाका अध्यक्ष कविदास श्रेष्ठले व्यवसायिकता सिर्जना हुने खालका युवा लक्षित कार्यक्रमहरू सञ्चालनमा ल्याई स्वरोजगारलाई प्रोत्साहन गर्ने लगायत बैदेशिक रोजगारको विकल्पको रूपमा साना तथा मझौला उद्यमीहरूको संख्या बढाउनमा चेम्बरले विशेष भूमिका खेल्ने बताए । 

    साथै, उनले व्यवसायिक अवसर पहिचानका लागि तथ्यांक आवश्यक पर्ने भएको हुँदा चारवटै नगरपालिकाहरूमा व्यवसायिक तथ्याङ्क अध्यावधिक गराउन चेम्बरले विशेष पहल गर्दै आएको जानकारी समेत दिए । 

    कार्यक्रममा सहभागीहरूबाट कर प्रशासनमा सुधारका लागि व्यापक पहल गरिनु पर्ने, वस्तुगत संघहरूको नेतृत्व क्षमता विकासका लागि तालिमहरूको आयोजना गरिनु पर्ने, नेतृत्व लगायत व्यवसायिकता विकासजस्ता तालिम गोष्ठीहरूको आयोजना गरिनु पर्ने, आयात निर्यातमा लाग्दै आएको करका विषयमा पुनविर्चारका लागि पहल गरिनु पर्ने, निकासी करमा ब्यापक छलफल हुनु पर्ने र तथ्याङ्कहरू अध्यावधिक हुनु पर्ने जस्ता विषयहरूमा चेम्बरबाट पहल गर्न सुझाव दिए । 

    सो अवसरमा संस्थाका महासचिव ज्ञानेन्द्र मानन्धरले धन्यवाद ज्ञापन गर्दै सहभागीहरूबाट आएको सल्लाह सुझावहरूलाई समेट्दै संस्थाको नीति तथा कार्यक्रम तर्जुमा गरिने बताए । 

    कार्यक्रममा चेम्बरका गतिविधिहरू लगायत चेम्बरले उपलब्ध गराउँदै आएका सेवा सुविधाहरूका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यले प्रस्तुतीकरण दिएका थिए ।  

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार