images
images

कर्णाली प्रदेशमा सञ्चालित उद्योगहरूको उत्पादन क्षमता ५२ प्रतिशत मात्र, कुन उद्योगको कति ?

कर्णाली प्रदेशमा सञ्चालित उद्योगहरूको उत्पादन क्षमता ५२ प्रतिशत मात्र, कुन उद्योगको कति ?

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • कर्णाली प्रदेशमा सञ्चालित उद्योगहरूको उत्पादन क्षमता ५२ प्रतिशत मात्र, कुन उद्योगको कति ?

    काठमाडौँ / आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ५२.१६ प्रतिशत रहेको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक वर्ष २०७९/८० को प्रदेशस्तरीय आर्थिक गतिविधि प्रतिवेदनले कर्णाली प्रदेशमा सञ्चालित उद्योगहरूको उत्पादन क्षमता ५२ प्रतिशत रहेको देखाएको हो । 

    यस आर्थिक वर्षमा उद्योगहरूको उपयोग क्षमतामा कागज तथा कागजका उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता शत प्रतिशत रहेको प्रतिवेदनले जनाएको छ । जसमध्ये प्लास्टिकजन्य उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता ९२.८६ प्रतिशत रहेको छ भने दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम २०.५५ प्रतिशत रहेको बैंकले जनाएको छ ।

    त्यसैगरी, काठ तथा काठको सामान, अन्य खाद्य पदार्थ (प्रशोधित चिया), तयारी कपडा र अन्न तथा पशुदाना उत्पादन गर्ने उद्योगहरूको उपयोग क्षमता क्रमशः ६०.० प्रतिशत, ५१.११ प्रतिशत, ४४.९४ प्रतिशत र ३२.० प्रतिशत रहेको छ ।

    उद्योगको क्षमता उपयोगको अवस्था1.JPG

    यस प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, कच्चा पदार्थको अभाव, तथा विकट भौगोलिक बनावट जस्ता प्रमुख कारणहरुले गर्दा ठुला उद्योगहरूको सञ्चालन हुन नसकेको बैंकले जनाएको छ । घरेलु, साना तथा मझौला उद्योगहरू मध्येबाट केही उद्योगहरू अध्ययनमा नमुना छनोटको रुपमा लिइएको छ ।

    समीक्षा वर्षमा कर्णाली प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुमध्ये धेरैजसो उद्योगहरूको उत्पादनमा सामान्य वृद्धि भएको छ भने केही उद्योगहरूको उत्पादन घटेको देखिन्छ । जस अन्तर्गत अन्न तथा पशु दाना उत्पादन गर्ने उद्योगको उत्पादनमा ११५.३३ प्रतिशतले वृद्धि भएको छ । जसमा चामल र गहुँको पिठोको उत्पादनमा क्रमशः १८०.० र १३०.७७ प्रतिशतले वृद्धि भएको छ भने पशुदानाको उत्पादनमा ३६.३६ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । 

    औद्योगिक उत्पादन (मेट्रिक टन)

    1.JPG

    त्यस्तै, समीक्षा वर्षमा प्लाष्टिकजन्य बस्तु, दुग्ध पदार्थ र कागज तथा कागजको उत्पादन क्रमशः १६०.० प्रतिशत, १५.३८ प्रतिशत र १४.२९ प्रतिशतले वृद्धि भएको छ भने काठ तथा काठका सामना, प्रशोधित पिउने पानी र लत्ता कपडाको उत्पादनमा क्रमशः २५.० प्रतिशत, २०.७३ प्रतिशत र ६.९८ प्रतिशतले गिरावट आएको बैंकले जनाएको छ ।

    अन्न तथा पशु दाना शीर्षक अन्तर्गत चामल तथा गहुँको पिठोको उत्पादन समीक्षा वर्षमा १८०.० प्रतिशत र १३०.७७ प्रतिशतले वृद्धि भई क्रमशः ७० मट्रिक टन र ३० मेट्रिक टन पुगेको छ । गत वर्ष सोही अवधिमा चामलको उत्पादनमा १०.७१ प्रतिशतले ह्रास भई २५ मेट्रिक टन कायम भएको थियो भने गहुँको पिठोको उत्पादन १८.१८ प्रतिशतले वृद्धि भई १३ मेट्रिक टन पुगेको थियो । 

    औद्योगिक उत्पादन (हजार लिटर)

    1.JPG

    त्यस्तैगरी, समीक्षा वर्षमा पशु दानाको उत्पादन ३६.३६ प्रतिशतले वृद्धि भई १५ मेट्रिक टन पुगेको छ भने अघिल्लो वर्ष १० प्रतिशतले वृदि भई ११ मेट्रिक टन पुगेको थियो ।

    आर्थिक वर्ष २०७९/८० मा प्रशोधित चियाको उत्पादन ४.५५ प्रतिशतले वृद्धि भई २३ मेट्रिक टन पुगेको छ । त्यस्तै, कागज तथा कागजजन्य उत्पादन १४.२९ प्रतिशतले वृद्धि भई ४० मेट्रिक टन र प्लास्टिकका सामानको उत्पादन १६०.० प्रतिशतले वृद्धि भई १३ मेट्रिक टन पुगेको छ ।

    समीक्षा वर्षमा नमुना छनोटमा परेका उद्योगहरूमा प्रशोधित दूधको उत्पादन १५.३८ प्रतिशतले वृद्धि भई १५ लाख लिटर पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो उत्पादन १८.७२ प्रतिशतले वृद्धि भई १३ लाख लिटर पुगेको थियो । 

    त्यस्तै, समीक्षा वर्षमा शुद्ध पिउने पानीको उत्पादनमा २०.७३ प्रतिशतले गिरावट आई ७ लाख ६५ हजार लिटर कायम भएको छ भने अघिल्लो आर्थिक वर्षमा सो उत्पादन १०.८ प्रतिशतले वृद्धि भई ९ लाख ६५ हजार लिटर पुगेको थियो ।

    त्यसैगरी समीक्षा वर्षमा चिरेको काठको उत्पादन २५.० प्रतिशतले गिरावट आई १५ हजार क्यू फिट पुगेको छ भने अघिल्लो वर्ष सोही अवधिमा सो उत्पादन ३३.३३ प्रतिशतले वृद्धि भई २९ हजार क्यू फिट पुगेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार