images
images

बतास ट्र्याक्टर कम्पनीको व्यापारमा उच्च गिरावट, यस्तो छ कारण

बतास ट्र्याक्टर कम्पनीको व्यापारमा उच्च गिरावट, यस्तो छ कारण

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • बतास ट्र्याक्टर कम्पनीको व्यापारमा उच्च गिरावट, यस्तो छ कारण

    काठमाडौँ / क्याटरपिलर निर्माण सामग्री, गोदरेज सामग्री र प्रोपेल–ब्रान्डेड सामग्रीको आधिकारिक विक्रेतासमेत रहेको बतास ट्र्याक्टरको व्यापार ६६.१४ प्रतिशतले घटेको छ । 

    images
    images

    बतास अर्गनाइजेशनद्वारा सञ्चालित बतास ट्र्याक्टरले सन् २०२३ मा २५ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार गरेको हो । सन् २०२२ मा भने कम्पनीले ७६ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । 

    त्यसैगरी, कम्पनीले सन् २०२१ मा ७५ करोड रुपैयाँ, सन् २०२० मा ४६ करोड ३० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ६० लाख रुपैयाँको व्यापार गरेको थियो । 
    व्यापार घटेसँगै कम्पनीको नाफासमेत प्रभावित भएको छ । 

    कम्पनीले निर्माण सम्बन्धी सामग्री बिक्री वितरण गर्दै आएको छ । आर्थिक मन्दीका कारण हेभी इक्युपेमन्टको बिक्रीमा गिरावट आउँदा कम्पनीको व्यापारमा भारी गिरावट आएको देखिन्छ । 

    कम्पनीले सन् २०१७ देखि क्याटरपिलर निर्माण सामग्री, सन् २०१८ मा गोदरेज सामग्री र सन् २०२० देखि पोप्रोल प्रोडक्ट बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा आनन्दराज बतास र शान्तराज बतास र उनका परिवारको सदस्य गरी ५ जनाको स्वामित्व छ । जसमा आनन्दराज र शान्तराज बतासको ६१ प्रतिशत स्वामित्व छ ।

    कम्पनीले १ अर्ब १५ करोड रुपैयाँको कर्जाका लागि इक्रा नेपालमा रेटिङ गराएको छ । जसमा कम्पनीले ७५ करोड १० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एलबी माइनस र ४० करोड ३० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ पाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार