काठमाडौँ / मङ्गलबार स्थानीय बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँ रहेकोमा आज १ लाख १८ हजार ५० रुपैयाँमा झरेको छ ।
यता, चाँदीको भाउ भने स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार हुनेछ ।