images
images

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति पुग्यो ?

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति पुग्यो ?

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति पुग्यो ?

    काठमाडौँ / बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ घटेर आज १ लाख १८ हजार ५ सय रुपैयाँमा झरेको छ । यसैगरी प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँ रहेको तेजावी सुनलाई आज १ लाख १७ हजार ९ सय रुपैयाँमा झरेको छ । 

    यता, चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय १० रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार