images
images

विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले बढ्यो, कति छ नेपालसँग विदेशी मुद्रा ?

विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले बढ्यो, कति छ नेपालसँग विदेशी मुद्रा ?

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • images
    images
    विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले बढ्यो, कति छ नेपालसँग विदेशी मुद्रा ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को ५ महिनामा विदेशी विनिमय सञ्चिति बढेको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक बर्षको तथ्यांकअनुसार ५ महिनामा विदेशी विनिमय सञ्चिति १४.८
    प्रतिशतले वृद्धि भई १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको हो । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो । 

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई १५ खर्ब ५६ अर्ब २५ करोड पुगेका छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० मंसिर मसान्तमा ८.९ प्रतिशतले वृद्घि भई २ खर्ब १० अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ । यस्तै, २०८० मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ । 

    सञ्चिति पर्याप्तता सूचक

    आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए । 

    कच्चा पेट्रोलियम एवम् सुनको मूल्य

    अन्तर्राष्ट्रिय बजारमा २०७९ मंसिर मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ८२.३४ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८० मंसिर मसान्तमा ६.७ प्रतिशतले कमी आई अमेरिकी डलर ७६.८४ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ मंसिर मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७८३.५५ रहेकोमा २०८० मंसिर मसान्तमा १४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर २०४१.३५ पुगेको छ ।

    विनिमय दर

    २०८० असार मसान्तको तुलनामा २०८० मंसिर मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०१ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.१४ प्रतिशतले अवमूल्यन भएको थियो । २०८० मंसिर मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १३२.५१ पुगेको छ । २०८० असार मसान्तमा उक्त विनिमय दर १३१.१७ रुपैयाँ रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार