चर्चित समाचार
  • ४.६ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन

    ४.६ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन

    नेपाल राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४.६ प्रतिशतले बढेको हो ।

    शुक्रवार, पुस २७ २०८०
    शुक्रवार, पुस २७ २०८०
  • ४.६ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन

    काठमाडौँ / बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ४.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २६३ अर्ब ७२ करोड रुपैयाँ (४.६ प्रतिशत) ले बढेको हो । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१११ अर्ब १५ करोड (२.२ प्रतिशत) ले बढेको चालू आर्थिक वर्षको ५ महिनाको तथ्यांकका आधारमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 

    वार्षिक बिन्दुगत आधारमा २०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.० प्रतिशतले बढेको छ । यस्तै मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.३ प्रतिशत, २६.३ प्रतिशत र ६०.७ प्रतिशत रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.६ प्रतिशत, २५.७ प्रतिशत र ६०.३ प्रतिशत रहेको थियो । मंसिर मसान्तमा बैंक तथा वित्तीय
    संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.७ प्रतिशत रहेको छ । २०७९ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ३७.२ प्रतिशत रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार