images
images

सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

    काठमाडौँ / बुधबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

    images
    images

    यसअघि छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँ थियो भने तेजावी सुनको भाउ १ लाख १८ हजार ८ सय ५० रुपैयाँ थियो । आज तेजावी सुनलाई तोलामा १ लाख १७ हजार ६ सय ५० रुपैयाँ पर्नेछ । 

    यता, चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १ हजार ४ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार