images
images

६ महिनामा काठमाडौँ महानगरले उठायो करिब पाँच अर्ब राजस्व, कुन शिर्षकमा कति ?

६ महिनामा काठमाडौँ महानगरले उठायो करिब पाँच अर्ब राजस्व, कुन शिर्षकमा कति ?

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • ६ महिनामा काठमाडौँ महानगरले उठायो करिब पाँच अर्ब राजस्व, कुन शिर्षकमा कति ?
    images
    images

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा चार अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो ।

    अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष ३५ करोड रुपैयाँले बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले राससलाई जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी बहाल करमा एक अर्ब ३५ करोड ६३ लाख ३० हजार रुपैयाँ राजस्व असुल भएको छ ।  

    त्यस्तै, सम्पत्ति करमा ६७ करोड १७ लाख २० हजार रुपैयाँ असुल गरेको हो । विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । कामपाले चालु आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएको छ । गत आवमा भने नौ अर्ब आठ करोड ७० लाख १३ हजार रुपैयाँको लक्ष्य लिएको थियो ।

    विगतका केही वर्ष कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेपनि चालु आवमा लक्ष्यमा पुग्न समस्या नहुने कामपाको भनाइ छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको प्रमुख काफ्लेले जानकारी दिए । चालु आवमा हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने उनको भनाइ थियो ।

    यसवर्ष कामपाका लागि बाह्य अनुदान रकम कम भए पनि आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कामपाले राजस्व सङ्लनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल उपर गर्न सहज भएको काफ्लेले बताए ।

    कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका–२०७९’ जारी गरेसँगै बहाल करबापतको रकम सङ्कलन हुन थालेको जनाइएको छ । निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराउँदा दवैका बारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्ने छ ।

    लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारेसमेत उल्लेख गरेको हुनुपर्ने छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार