images
images

सुनचाँदीको मूल्यमा आज पनि गिरावट, सुन प्रतितोला ७ सयले घट्दा कति घट्यो चाँदी

सुनचाँदीको मूल्यमा आज पनि गिरावट, सुन प्रतितोला ७ सयले घट्दा कति घट्यो चाँदी

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • सुनचाँदीको मूल्यमा आज पनि गिरावट, सुन प्रतितोला ७ सयले घट्दा कति घट्यो चाँदी

    काठमाडौँ / सुनचाँदीको मूल्यमा आज बिहीबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।

    images
    images

    यसअघि छापावाल सुन प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेकोमा बिहीबार घटेर १ लाख १७ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, बुधबार प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ आज घटेर १ लाख १६ जार ९ सय ५० रुपैयाँमा झरेको छ । 

    यता, चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदीको भाउ १ हजार ४ सय तोकिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार