images
images

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो, चाँदी सस्तियो

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो, चाँदी सस्तियो

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो, चाँदी सस्तियो

    काठमाडौँ / आज आइतबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

    images
    images

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको छ भने १ लाख १७ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई १ लाख १७ हजार ८ सय ५० रुपैयाँ पर्नेछ । 

    यता, चाँदी प्रतितोला ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ३ सय ९० रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार