images
images

नक्कली लाइसेन्सबारे निष्पक्ष छानबिन हुन्छ, अब लाइसेन्स छपाइमा समस्या हुन्न : मन्त्री ज्वाला

नक्कली लाइसेन्सबारे निष्पक्ष छानबिन हुन्छ, अब लाइसेन्स छपाइमा समस्या हुन्न : मन्त्री ज्वाला

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • नक्कली लाइसेन्सबारे निष्पक्ष छानबिन हुन्छ, अब लाइसेन्स छपाइमा समस्या हुन्न : मन्त्री ज्वाला

    काठमाडौँ / भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नक्कली लाइसेन्सको विषयमा निष्पक्ष छानबिन हुने बताए । आइतबार सिंहदरबारमा संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रादेशिक यातायात क्षेत्र हेर्ने सम्बन्धित मन्त्रालयहरूबिचको उच्चस्तरीय समन्वय बैठक राख्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।

    images
    images

    सवारी लाइसेन्सको समस्या समाधान उन्मुख रहेको बताउँदै उनले नक्कली लाइसेन्स कान्डमा दोषी ठहरिए कसैले पनि उन्मुक्ति नपाउने दावी गरे । उनले भने, “बदमासी गर्नेहरूलाई कानुनी दायरामा ल्याउँछौँ, अख्तियार, सीआईबीबाट पनि अनुसन्धान हुन्छ, यसको निष्पक्ष छानबिन हुन्छ ।”

    छानबिन समिती बनाएर नक्कली लाइसेन्स कान्डमा यातायात व्यवस्था विभाग र मन्त्रालय दुवै निकायबाट छानबिन भइरहेको मन्त्री ज्वालाले जानकारी दिए । साथै, उनले पुरानो ठेक्का ट्र्याकमा ल्याइएको र अब ६ लाख कार्ड तत्काल छपाइमा जान लागेको दाबी गरे ।

    कुल पेन्डिङ १४ लाख कार्ड मध्ये पहिलो ६ लाख तत्काल छापिने र अर्को ६ लाख क्रमशः छपाइ गर्ने गरी ट्र्याकमा लिइएको उनले बताए । साथै १६ लाख नयाँ कार्ड छपाइका लागि ठेक्का प्रक्रिया अगाडि बढेको र यसले लाइसेन्समा रहेको समस्या स्थायी रूपमा समाधान हुने उनले दाबी गरे ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार