images
images

६ महिनामा १५ अर्ब पाँच करोडको १० लाख स्मार्टफोन आयात, राजस्व संकलन कति ?

६ महिनामा १५ अर्ब पाँच करोडको १० लाख स्मार्टफोन आयात, राजस्व संकलन कति ?

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • ६ महिनामा १५ अर्ब पाँच करोडको १० लाख स्मार्टफोन आयात, राजस्व संकलन कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा १५ अर्ब रुपैयाँभन्दा बढीका स्मार्टफोन नेपाल भित्र्याइएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार ६ महिनामा अर्थात साउनदेखि पुष मसान्तसम्ममा १५ अर्ब पाँच करोड २७ लाख रुपैयाँ बराबरको १० लाख १५ हजार २८६ स्मार्टफोन भित्र्याइएको हो ।

    यी स्मार्टफोन आयातबापत सरकारले दुई अर्ब ८० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा १३ अर्ब रुपैयाँभन्दा बढीका आठ लाख ९५ हजार ५७० स्मार्टफोन आयात गरिएको थियो । त्यसबापत सरकारले दुई अर्ब ४२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार