images
images

भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एसियाली पुस्तक मेला, हेर्नुस् तस्बिरमा

भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एसियाली पुस्तक मेला, हेर्नुस् तस्बिरमा

शनिवार, पुस २० २०८१
शनिवार, पुस २० २०८१
  • भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एसियाली पुस्तक मेला, हेर्नुस् तस्बिरमा
    images
    images

    काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एसियाली पुस्तक मेला चलिरहेको छ। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा ‘साउथ एसिया इन्टरनेशनल बुक फेयर २०२५’बुधबारदेखि सुरु भएको हो । 

    pustak pradashani1.JPG

    पाँच दिनसम्म चल्ने पुस्तक प्रदर्शनीमा दक्षिण एसियाली लेखकहरूका विभिन्न पुस्तकहरू प्रदर्शनीमा छ। प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू छन् । देश तथा विदेशका १५० भन्दा बढी प्रकाशक तथा उत्पादकहरूको जमघट भएको छ। 

    pustak pradashani3.JPG

    नेपालसहित दक्षिण एसियाली क्षेत्रका धेरै राष्ट्रहरू र चीनको समेत सहभागिता रहेकोले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको अवलोकन, आयात, निर्यात जस्ता कुरामा सहज वातावरण बन्ने र विभिन्न देशका उत्पादकबीच आपसी सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने आयोजकले जनाएको छ । 

    pustak pradashani.JPG

    प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एसिया क्षेत्रका भारतसहितका अधिकांश देश र अन्य देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार