images
images

सशस्त्र प्रहरी दिवसको २३औँ वार्षिकोत्सव : सीमा सुरक्षा बारे प्रधानमन्त्रीको प्रशंसा, न्यौपाने  ‘वर्ष जवान– २०८०’ घोषित

सशस्त्र प्रहरी दिवसको २३औँ वार्षिकोत्सव : सीमा सुरक्षा बारे प्रधानमन्त्रीको प्रशंसा, न्यौपाने  ‘वर्ष जवान– २०८०’ घोषित

मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • सशस्त्र प्रहरी दिवसको २३औँ वार्षिकोत्सव : सीमा सुरक्षा बारे प्रधानमन्त्रीको प्रशंसा,  न्यौपाने  ‘वर्ष जवान– २०८०’ घोषित
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् । 

    सशस्त्र प्रहरी दिवसको २३औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशको सुरक्षा र स्वाभिमानका निम्ति सशस्त्रले पु¥याएको योगदानबारे आफू जानकार रहेको उल्लेख गर्दै सङ्गठनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिने बताए ।

    images
    images

    “सीमा सुरक्षा र व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बलले अगाडि बढाएका कार्यक्रमले विद्यमान समस्या तथा चुनौती सम्बोधन गर्दै देशको स्वाभिमान र सीमा सुरक्षामा गुणात्मक योगदान पु¥याउने विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सङ्गठनले प्रस्ताव गरेका सीमा विकास कार्यक्रमलाई प्रथमिकतामा राखी अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।”

    हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता तथा सीमित पूर्वाधारका बाबजुत राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित भएर सशस्त्र प्रहरीका जवान तथा अधिकृतको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बललाई स्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताए 

    प्रधानमन्त्रीले  प्रचण्डले भने,  “सीमा सुरक्षाका साथै तपाईंहरूले राजस्व सङ्कलनमा पु¥याउनुभएको योगदान, महत्वपूर्ण व्यक्ति तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जीउधनको सुरक्षा गर्ने कार्यमा पु¥याउनुभएको योगदानप्रति सम्मान व्यक्त गर्दछु ।”

    देशको सुरक्षा र स्वाभिमानका निम्ति दिलोज्यानले क्रियाशील सशस्त्र प्रहरी बलका अधिकृतको वृत्तिविकास एवं प्रोत्साहनमा देखिएका समस्याप्रति आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री  प्रचण्डले भने, “मैले सरकारको नेतृत्व गरेपश्चात् सकल दर्जाका करिब छ हजार अधिकृत र जवानको पदोन्नतिको प्रक्रिया सम्पन्न भएको छ ।

     साथै बललाई विगतमा प्राप्त गरेको जिम्मेवारीका अतिरिक्त केही नयाँ जिम्मेवारीसमेत प्रदान गरिएको छ ।” उनले आगामी दिनमा बाँकी समस्याका विषयमा छलफल गरी आवश्यक सहजीकरण गर्ने विश्वास  दिलाए । 

    प्रधानमन्त्री दाहालले सङ्गठनमा आबद्ध अधिकृत र जवानको वृत्तिविकास, सेवा सुविधा, सुरक्षा, हातहतियारलगायत अन्य सामग्रीको उपलब्धतालाई सरकारले उच्च प्राथमिकता दिने बताए । 

     
    काठमाडौँ/  सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीका सशस्त्र प्रहरी सहायक हवल्दार विष्णुप्रसाद न्यौपाने ‘वर्ष जवान–२०८०’ घोषित भएका छन् । 
     
    काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरीको प्रधान कार्यालयमा आज आयोजित ‘२३औँ सशस्त्र प्रहरी दिवस(२०८०’ का अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उहाँलाई ‘वर्ष जवान’को ट्याग प्रदान गरे ।
     
    कार्यक्रममा सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका क्रममा देशभरका एकाइबाट यस वर्ष सर्वोत्कृष्ट एकाइ हुन सफल सशस्त्र प्रहरी बलअन्तर्गत विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नम्बर १९ बङ्गलामुखी (विशेष कार्यदल)  गण काठमाडौँ र नम्बर ३ म्याग्लुङ गुल्म तेह्रथुमलाई ‘रनिङ अवार्ड’ प्रदान गरिएको छ । 
     
    महानिरीक्षक अर्यालले सङ्गठनको नाम उच्च राख्न विशिष्ट एवं उल्लेखनीय कार्य गर्नुहुने सशस्त्र प्रहरी बल, नम्बर १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई ‘एपिएफ सम्मान’ प्रदान गरे । 
     
    उनले सङ्गठनलाई अनुकरणीय योगदान पु¥याउने नेपाली सेना, नेपाल प्रहरी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, राष्ट्रिय अनुसन्धान विभागका साथै देशभरका सशस्त्र प्रहरी एकाइमा कार्यरत रही विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई कदरपत्रसहित ‘आइजी एपिएफ निशान’ प्रदान गरे । 
     
    उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले हलचोकमा रहेको अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै सङ्गठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो । 
     
    उनले व्यावसायिकता, इमान्दारिता र बफादारितालाई मूलमन्त्र बनाउँदै सङ्गठनमा रहेको प्रणाली र पद्धतिलाई आत्मसात् गर्दै ‘चेन अफ कमाण्ड’मा रही सङ्गठनलाई स्थापित गर्ने कार्यमा लाग्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिए । 
     
    महानिरीक्षक अर्यालले भने, “राष्ट्रले जिते हामी सबैले जित्छौँ भन्ने मर्मलाई ध्यानमा राखी सबैले कर्तव्य निर्वाह गर्नुपर्छ । गर्न नसकिने भन्ने केही छैन, हामी गर्छौं, म गर्छु भन्ने प्रतिबद्धता हामी सबैमा आउनु आवश्यक छ ।”
     
    कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी उपरीक्षक स्व सुमन थपलियाको स्मृतिमा अक्षय कोष खडा गरी सोबापत प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष एक जनालाई वार्षिक रु २५ हजार राशिको ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ प्रदान गर्ने घोषणाअनुरुप यस वर्ष उक्त अवार्ड सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप राईलाई प्रदान गरिएको थियो ।
     
    सो अवसरमा कर्तव्य पालनाको सिलसिलमा शारीरिक रुपमा अङ्गभङ्ग भई अशक्त अवस्थामा रहेका छ जनालाई एक तह विशेष बढुवा गरिएको छ । यस्तै वार्षिक चाँदमारी प्रतियोगितामा उत्कृष्ट भएका चार जना सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
     
    कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालले पहिलोपटक आयोजना गरेको ‘राष्ट्रव्यापी खुला कविता प्रतियोगिता’ मा उत्कृष्ट १० स्थान हासिल गर्न सफल कविलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार