images
images

सिद्धार्थ बैंकका ग्राहकहरूले हार्डरक क्याफेमा विशेष छुट

सिद्धार्थ बैंकका ग्राहकहरूले हार्डरक क्याफेमा विशेष छुट

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • सिद्धार्थ बैंकका ग्राहकहरूले हार्डरक क्याफेमा विशेष छुट
    images
    images

    काठमाडौँ / सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौँबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र क्याफेबिच बैंकका ग्राहकहरूलाई हार्डरक क्याफे दरबारमार्ग काठमाडौँमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । 

    उक्त छुट प्राप्त गर्न बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्नुपर्नेछ । बैंकका अनुसार सो छुट फुड र बेभरेज (नन्–अल्कोहलिक) मा प्राप्त हुनेछ ।

    उक्त सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार