images
images

नेपाली महिला उद्यमीहरूद्वारा थाई चेम्बरका प्रतिनिधिहरूबिच द्विपक्षीय लगानी अभिबृद्धिबारे छलफल

नेपाली महिला उद्यमीहरूद्वारा थाई चेम्बरका प्रतिनिधिहरूबिच द्विपक्षीय लगानी अभिबृद्धिबारे छलफल

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • नेपाली महिला उद्यमीहरूद्वारा थाई चेम्बरका प्रतिनिधिहरूबिच द्विपक्षीय लगानी अभिबृद्धिबारे छलफल
    images
    images

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको महिला उद्यमी विकास समितिको प्रतिनिधि मण्डलले थाइल्याण्ड स्थित थाई चेम्बर अफ कमर्शका प्रतिनिधहरूसँग बैंककमा व्यवसायिक भेटवार्ता गरेको छ । 

    प्रतिनिधि मण्डलले थाई चेम्बर अफ कमर्शका उच्च पदाधिकारी तथा त्यहाँका उद्योगी व्यवसायीहरूसँग द्विपक्षीय लगानी अभिबृद्धिका बारेमा छलफल गरेको थियो ।

    सो टोलीमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य नरेश लाल श्रेष्ठ, किशोर आचार्य, केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र व्यापार तथा निकासि प्रवद्र्धन विकास समितिका सदस्य निराजन चलाउने लगायत सहभागी रहेका छन् । 

    थाई चेम्बर अफ कर्मशको निमन्त्रणामा बैकक पुगेको प्रतिनिधमण्डलले द्विपक्षीय भेटका अवसरमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै थाई उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानीका लागि आग्रह गरेको थियो ।

    यसैगरी, नेपाली प्रतिनिधिमण्डलले नेपालमा आयोजना हुने अन्तरराष्ट्रिय मेला महोत्सवमा भाग लिन तथा अन्य सहकार्यका क्षेत्रहरू पहिचान गरि नेपालकमा लगानी गर्न पनि थाई व्यवसायीहरूलाई आग्रह गरेको थियो ।  

    नेपाली व्यवसायीहरुलाई स्वागत गर्दै थाई चेम्बरका बोर्ड अफ ट्रेड बन्जरड चोल्भीजानले नेपाली महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा अन्य सहकार्यका लागि थाई चेम्बर सकारात्मक रहेको बताएका थिए । 

    सो अवसरमा थाइल्याण्ड स्थित नेपाली दुतावासका डेपुटी चिफ अफ मिशन प्रकाश भण्डारीको पनि सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार