images
images

अष्ट्रेलियाले बन्द गर्यो गोल्डेन भिसा योजना

अष्ट्रेलियाले बन्द गर्यो गोल्डेन भिसा योजना

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • images
    images
    अष्ट्रेलियाले बन्द गर्यो गोल्डेन भिसा योजना

    अस्ट्रेलियाले आफ्नो देशमा लगानीका लागि स्थायी भिसा दिने गोल्डेन भिसा कार्यक्रम बन्द गरेको छ । अष्ट्रेलियामा ३३ लाख डलर (झन्डै ४३ करोड ९६ लाख) भन्दा बढी लगानी गर्नेलाई त्यहाँको अध्यागमन विभागले गोल्डन भिसा दिँदै आएको थियो । 

    images
    images

    अध्यागन नीतिमा व्यापक हेरफेर गर्ने योजनाको हिस्सा अन्तर्गत यो कदम चालिएको हो । अहिलेका लागि यो भिसामा सबै आवेदन रोकिएको छ । सरकारले अध्यागमन प्रणालीको कयौँ पक्षमा परिवर्तन गर्न खोजिरहेको छ ।

    गृह मामिला मन्त्री क्लेर ओ’निलले बताएअनुसार गोल्डन भिसामा लगाइएको रोक पनि यसैको एउटा पाटो भएको बताएका छन् । अति धनाढ्यहरुले यस्तो खालको भिसाको दुरुपयोग गरेको र देशहरुलाई यसबाट लाभ नभएको भन्दै अष्ट्रेलियाको गोल्डन भिसा जस्तै खालका अन्य लगानी भिसाहरुको विश्वभर आलोचना भइरहेको छ । 

    यसमा एउटा मुख्य समस्या चाँहि अधिकांश लगानी उत्पादनमूलक क्षेत्रमा भन्दा पनि घरजग्गाको क्षेत्रमा जाने गरेको छ ।

    गोल्डन भिसाले देश र अर्थतन्त्रलाई चाहिएको अध्यागमन प्रणालीको विकास नगरेको वर्षौदेखि प्रष्ट भएको ओ’निलले विज्ञप्तिमा भनेका छन् । आप्रवासीहरुको आगमन घटाएर कोभिड पूर्वकै स्तरमा ल्याउन डिसेम्बरमा अष्ट्रेलिया सरकारले नयाँ अध्यागमन नीति सार्वजनिक गरेको थियो । 

    यसमा विद्यार्थी भिसाको दुरुपयोगमा कडाइ गर्ने र अर्थतन्त्रमा देखिएको अन्तर पुर्न दक्ष सिप भएका आप्रवासीहरुलाई आकर्षित गर्ने योजना थियो । सोमबार अष्ट्रेलियाको एउटा पत्रिकाले ‘सिग्निफिकेन्ट भिसा श्रेणी’ खारेज गरिने समाचार छापेको थियो ।

    उक्त योजना सन् २०१२ मा सुरु भएको थियो । सरकारी तथ्याङ्कले यस योजना अन्तर्गत भिसाका लागि आवेदन दिनेमध्ये ८५ प्रतिशत चीनबाट आएको देखाएको छ । आलोचकहरूले लामो समयदेखि यस योजना कालो धन लगानी गर्ने माध्यम भएको बताउँदै आएका छन् । 

    अष्ट्रेलियाको यो कदमलाई भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका धेरै अन्तर्राष्ट्रिय संस्थाहरूले स्वागत गरेका छन् । 

    गोल्डेन भिसामा विवाद

    हालैका वर्षहरूमा धेरै देशहरूले यस्ता योजनाहरू बन्द गरेका छन्। बेलायतले रुसबाट अवैध धन आवागमनको चिन्ताका कारण २०२२ मा यस्तो भिसा कार्यक्रम अन्त्य गरेको थियो।

    माल्टाले पनि आफ्नो गोल्डेन भिसा कार्यक्रम बन्द गरेको थियो । सेन्ट किट्स, एन्टिगुवा र डोमिनिका जस्ता साना देशहरू बाहेक, यसमा पोर्चुगल र ग्रीस जस्ता युरोपेली देशहरूले यस्तो भिसा दिने गरेको छ । पछिल्ला वर्षहरूमा विश्वका धनीहरू आफ्नो देश छोडेर अन्य देशमा बसोबास गर्ने प्रवृत्ति तीव्र रूपमा बढेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार