images
images

मुक्तिनाथ कृषि कम्पनीले बजारमा ल्यायो स्पेनको जैविक मल तथा उत्सर्जक

मुक्तिनाथ कृषि कम्पनीले बजारमा ल्यायो स्पेनको जैविक मल तथा उत्सर्जक

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • मुक्तिनाथ कृषि कम्पनीले बजारमा ल्यायो स्पेनको जैविक मल तथा उत्सर्जक

    काठमाडौँ / मुक्तिनाथ कृषि कम्पनीले 'FORCROPU' नामक जैविक मल तथा उत्सर्जकलाई नेपाली बजारमा सार्वजनिक गरेको छ । 

    images
    images
    images
    images

    छैठौँ नेपाल एग्रीटेक इन्टरनेशनल एक्सपो, भृकुटीमण्डप काठमाडौँमा मुक्तिनाथ कृषि कम्पनीले स्पेनको सस्टेनेबल एग्रो सोलुसन (एसएएस)सँग सहकार्यमा आयोजित कृषि प्रदर्शनी मेलामा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सीताराम काफ्ले र प्रबन्ध निर्देशक भरत राज ढकालले उक्त जैविक मल तथा उत्सर्जक बजारमा सार्वजनिक गरेको हो । 

    वर्तमान अवस्थामा बालीको उत्पादकत्व वृद्धिका लागि उचित मल तथा उत्सर्जकको अभाव देखिएसँगै बालीको उत्पादकत्व वृद्धि हुन नसक्दा कृषकहरुले भोग्नु परेको समस्याहरू पूर्तिका निम्ति बालीको सम्पूर्ण वृद्धि अवस्था (बनस्पति विकास, फूल फुल्ने र फल लाग्ने ) चरणमा आवश्यक पर्ने पोषक तथा सुक्ष्म पोषक तत्त्वहरू भएको जैविक मल तथा उत्सर्जकले समग्र कृषि उत्पादकत्व वृद्धिमा टेवा पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । 

    ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानद्वारा ‘संस्थागत मूल्य शृंखला व्यवस्थापनमार्फत कृषि चक्रको निर्माण’ गर्दै नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले वि.सं २०७५ सालमा स्थापना भएको कृषि कम्पनीले विगत ५ वर्ष देखि कृषकहरूमा आफ्नो अभिमुखीकरण, प्रविधि प्रसार साथै उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक साधन तथा सेवाहरु आफ्ना व्यवसायिक साझेदारहरूमार्फत देशको ६९ भन्दा बढी जिल्लाहरूमा पुर्याउँदै आइरहेको छ । 

    News muktinath.JPG

    वर्तमान देशको जनशक्ति विदेशिने अवस्था हेर्दै गर्दा कम्पनीले देशको कृषि क्षेत्रमा आशा बोकेका कृषकहरू साथै देशका कर्णधारहरूलाई  लक्षित गर्दै कृषि सम्बन्धि प्रविधि हस्तान्तरण गरि थप आवश्यक वस्तु तथा सेवाहरू उपलब्ध गराई देशको कृषि सम्बृद्धिमा योगदान गर्ने प्रतिबद्धता राखेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार