images
images

भक्तपुर चेम्बर अफ कमर्सको योजना तर्जुमा कार्याशाला गोष्ठी

भक्तपुर चेम्बर अफ कमर्सको योजना तर्जुमा कार्याशाला गोष्ठी

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • भक्तपुर चेम्बर अफ कमर्सको योजना तर्जुमा कार्याशाला गोष्ठी

    भक्तपुर चेम्बर अफ कमर्सलाई मुलुककै उत्कृष्ट संस्था बनाउने लक्ष्य अनुरुप संस्थाको भावी योजनाहरु तय गर्न एक दिने योजना तर्जुमा गोष्ठी माघ १२ गते धुलिखेलस्थित होटेल हिमालयन होराइजनमा आयोजना भयो ।
      
    भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठको सभापतित्वमा भएको उक्त गोष्ठीमा संस्थाका पदाधिकारी, कार्यसमिति, सल्लाहकार लगायत चारवटै नगर चेम्बरका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

    सो क्रममा भक्तपुर चेम्बर अफ कमर्सबाट आगामी दिनमा सञ्चालन गर्ने सदस्यता वृद्धि, बजार प्रवद्र्धन, कृषि, पर्यटन तथा हस्तकला विकास, सुचना तथा सञ्चार प्रविधिकेन्द्रको विकास, आयात निर्यात प्रवद्र्धन, क्ष्ँमता अभिवृद्धि, व्यवसायिक पैरवी, युवा तथा महिला उद्यमी विकास, समन्वय तथा साझेदारी, संस्थाको छवि निर्माण जस्ता विषयहरुमा नीति तथा योजनाहरु तर्जुमा भएका छन् । 

    गोष्ठीको समापनका अवसरमा संस्थाका अध्यक्ष कविदास श्रेष्ठले तय भएका योजनाहरु सबैको साथ सहयोगबाट सम्पन्न गर्ने बताउनु भयो । यसै गरी उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य एवं भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार रोशन भोयद्योले मुलुक भरिका चेम्बर अफ कमर्सहरुमा उत्कृष्ट कार्य गर्दै आएको भक्तपुर चेम्बरलाई थप उचाईमा पुर्याउन योजना तर्जुमा गोष्ठीले महत्वपूर्ण टेवा पुग्ने बताए । 

    कार्यक्रममा संघसंस्था व्यवस्थापन विज्ञ उत्तम झाले संस्था व्यवस्थापनका सम्बन्धमा प्रस्तुतिकरण गर्नुका साथै योजना तर्जुमामा सहजिकरण गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार