काठमाडौँ / आज मङ्गलबार पनि सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि थप ३ सय रुपैयाँले बढेको हो ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको हो । त्यस्तै, यसअघि प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ ।
यता, चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय २० रुपैयाँ पर्नेछ ।