काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार पनि सुनको भाउ बृद्धि भएको छ । पछिल्लो तीन दिनयता निरन्तर बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँले बढेको हो ।
हिजो मङ्गलबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको थियो । यसअघि प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनलाई आज १ लाख १८ हजार ७ सय रुपैयाँ पर्नेछ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १८ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि भने यो सुनको भाउ १ लाख १८ हजार ५० रुपैयाँ रहेको छ ।
यता, चाँदीको भाउ स्थिर भएको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार छ ।