काठमाडौँ / बिहीबार नेपाली बजारमा सुनको भाउ महँगिएको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
यसअघि प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँ तोकिएको छापावाल सुनको भाउ बढेर आज १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रतितोला १ लाख १८ हजार १ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख ६ सय ५० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँ घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय २० रुपैयाँ तोकिएको चाँदीलाई आज १ हजार ४ सय १० रुपैयाँ मात्रै पर्नेछ ।