काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । यसअघि प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ घटेर १ लाख १८ हजार ५ सय रुपैयाँमा झरेको छ । यसैगरी प्रतितोला १ लाख १८ हजार ३ सय ५० रुपैयाँ तोकिएको तेजावी सुनलाई आज १ लाख १७ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
यता, चाँदी प्रतितोला ५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ रहेको चाँदीको भाउ घटेर १ हजार ३ सय ९० रुपैयाँमा झरेको हो ।