काठमाडौँ / आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । यसअघि प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज १ लाख १८ हजार रुपैयाँ पर्नेछ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँबाट घटेर १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा झरेको छ । यता, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ तोकिएको चाँदीलाई आज १ हजार ३ सय ७५ रुपैयाँ पर्ने भएको हो ।