images
images

नेपाल बैंकको एक्सटेन्सन काउन्टर फुङ्लिङ् नगरपालिका परिसरमा

नेपाल बैंकको एक्सटेन्सन काउन्टर फुङ्लिङ् नगरपालिका परिसरमा

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • नेपाल बैंकको एक्सटेन्सन काउन्टर फुङ्लिङ् नगरपालिका परिसरमा
    images
    images

    काठमाडौँ / नेपाल बैंक लिमिटेडले फुङ्लिङ् नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । बैंकले ताप्लेजुङ शाखा अन्तर्गत रहनेगरी माघ १० गते सोमबारदेखि उक्त काउन्टर सञ्चालनमा ल्याएको हो । 

    उक्त एक्टेन्सन काउन्टर फुङ्लिङ् नगरपालिकाका उपमेयर भिमादेवी ओझाले एक समारोहका विच उद्घाटन गरेकी थिइन् भने कार्यक्रमको अध्यक्षता नेपाल बैंक लिमिटेड, कोशी प्रादेशिक कार्यालय प्रमुख, सुर्य प्रकाश भट्टले गरेका थिए । 

    उक्त एक्टेन्सन काउन्टरबाट ग्राहकको खाता सञ्चालन, चेक सटही, रकम डिपोजिट, मोबाइल तथा डिजिटल बैकिंग लगायतका विभिन्न बैकिंग सेवाहरु उपलब्ध हुनेछन् ।

    नेपालभर २२८ शाखाहरु, २०४ ए.टि.एम. साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २४ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक डिजिटल बैंकिङ्ग मार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार