नेपाल व्यापार सर्वेक्षण २०७८ : ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान बिना दर्ता सञ्चालन

नेपाल व्यापार सर्वेक्षण २०७८ : ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान बिना दर्ता सञ्चालन

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ अनुसार थोक तथा खुद्रा व्यापार गर्ने कुल ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान बिना दर्ता सञ्चालनमा छन् ।

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • images
    images
    नेपाल व्यापार सर्वेक्षण २०७८ : ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान बिना दर्ता सञ्चालन

    काठमाडौँ / नेपालभर करिब ३२ प्रतिशत थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठान बिनादर्ता सञ्चालन भइरहेको सरकारले गरेको सर्वेक्षणले देखाएको छ । 

    राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ अनुसार मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने कुल ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये करिब ६८ प्रतिशत सरकारीनिकायमा दर्ता भएका छन् । तर, ३२ प्रतिशत प्रतिष्ठान बिनादर्ता सञ्चालनमा रहेको भएको सर्वेक्षमा उल्लेख छ ।

    सर्वेक्षणअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा सञ्चालित ४८ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको देखिएको छ । कोशी प्रदेशका ३८ दशमलव पाँच, कर्णालीका ३३ दशमलव आठ, सुदूरपश्चिमका २८ दशमलव आठ, लुम्बिनीका २६ दशमलव नौ, गण्डकीका २५ दशमलव एक र बागमतीका २४ दशमलव सात प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेका छन् । 


    थोक व्यापार गर्ने छ दशमलव ४२, खुद्रा व्यापार गर्ने ३३ दशमलव ३८ र सवारी व्यापार तथा मर्मतसम्भार गर्ने २२ दशमलव ५४ प्रतिशत संस्था दर्ताबिनै सञ्चालन भइरहेको पनि सर्वेक्षणबाट देखिएको छ ।
         
    सर्वेक्षण प्रतिवेदनअनुसार व्यापार क्षेत्रमा ११ लाख ३० हजार छ सय ४५ जना मानिस संलग्न छन् । सोमध्ये महिला चार लाख तीन हजार नौ सय ६४ जना अर्थात् ३६ प्रतिशत र पुरुष सात लाख २६ हजार छ सय ८१ जना अर्थात् ६४ प्रतिशत रहेका छन् । दर्ता भएका चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्येमा ७४ दशमलव दुई प्रतिशतमा पुरुष र २५ दशमलव आठ प्रतिशत महिलाको नाममा दर्ता छन् ।
         
    व्यापारमा आबद्ध व्यक्तिमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका ३२ दशमलव नौ प्रतिशत रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका १६ दशमलव चार, कोशीका १६ दशमलव आठ, मधेसका १४ दशमलव तीन, गण्डकीका नौ दशमलव पाँच, सुदूरपश्चिमका पाँच दशमलव नौ र कर्णालीका चार दशमलव दुई प्रतिशत रहेका छन् । व्यापारमा जोडिएका कूल व्यक्तिको सङ्ख्यामध्ये खुद्रा व्यापारमा मात्र ८८ दशमलव ६५ प्रतिशत व्यक्ति आबद्ध रहेको सर्वेक्षणबाट देखिएको छ ।
              
    व्यापार व्यवसायमा संलग्न रहेका अधिकांश व्यक्ति जागिर गर्नेभन्दा पनि आफ्नो व्यवसायमा आबद्ध हुने गरेको पाइएको छ । सर्वेक्षणले यस क्षेत्रमा तलब ज्याला र अन्य सुविधा लिई काम गर्नेभन्दा तलब त्याला र अन्य सुविधा नलिइ परिवारका सदस्य नै काममा सन्तान रहेका व्यक्तिको सङ्ख्या बढी रहेको देखिएको छ । यस क्षेत्रमा संलग्न जम्मा कामदारमध्ये तलब ज्याला र अन्य सुविधा पाउने कामदारको सङ्ख्या दुई लाख १९ हजार पाँच सय ५१ छ । जसमा महिला ४५ हजार नौ जना अर्थात् २० दशमलव ५० प्रतिशत र पुरुष एक लाख ७४ हजार पाँच सय ४२ जना आर्थत् ६० दशमलव ६० प्रतिशत छन् ।
         
    तलवी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलब ज्याला र अन्य सुविधामा प्रतिप्रतिष्ठान औसत वार्षिक रु छ लाख चार हजार नौ सय १२ खर्च हुने गरेको देखिएको छ । त्यस्तै प्रतिकामदार औसत वार्षिक रु दुई लाख आठ हजार चार सय ९४ खर्च देखिन्छ ।


    होलसेल व्यापार, खुद्रा व्यापार र सवारीसाधन तथा मर्मतसम्भार व्यापार गरी तीन वटा क्षेत्रमा विभाजन गरी अध्ययन गरिएको छ । जसमा सबैभन्दा धेरै मुनाफा (मार्जिन) सवारीसाधन तथा मर्मतसम्भारमा देखिएको छ । यस क्षेत्रमा २४ दशमलव ०२ प्रतिशत मार्जिन देखिएको छ । त्यस्तै, होलसेल व्यापारमा १३ दशमलव ०१ र खुद्रा व्यापारमा १८ दशमलव २८ प्रतिशत मार्जिन रहने गरेको देखिएको छ । समग्रमा व्यापारमा १८ दशमलव ५३ प्रतिशत मार्जिन रहेको सर्वेक्षणले देखाएको छ ।
         
    व्यापारिक प्रतिष्ठानको सञ्चालन खर्च जम्मा रु एक एक खर्ब ३३ अर्ब र प्रतिप्रतिष्ठान औसत सञ्चालन खर्च रु दुई लाख ६४ हजार देखिएको छ । यस सर्वेक्षणको प्रमुख उद्देश्य विभिन्न वस्तुहरुको खरिद तथा बिक्री गर्दा हुने व्यापार अन्तर (ट्रेड मार्जिन) अनुमान र व्यापारिक प्रतिष्ठानको रोजगारी, तलबरज्याला, पुँजी निर्माण आदि तथ्याङ्क आकलन गर्नु रहेको कार्यालयले जनाएको छ ।

    यो सर्वेक्षण छनोट विधिमा आधारित राष्ट्रियस्तरको सर्वेक्षण हो । सर्वेक्षणमा आर्थिक गणना २०७५ बाट प्राप्त मुलुकभित्र रहेका सरकारी निकायमा दर्ता भएका तथा दर्ता नभई अनौपचारिकरुपमा सञ्चालन भएका व्यापारिक प्रतिष्ठानको अध्ययन गरिएको छ । कूल १५ हजार दुई ९९ व्यापारिक प्रतिष्ठानबाट लिइएको तथ्याङ्क र सर्वेक्षणका आधारमा यो अध्ययनको नतिजा निकालिएको कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार