images
images

मन्त्रिपरिषद् बैठकले गरेका दर्जन निर्णयहरू केके हुन् ?

मन्त्रिपरिषद् बैठकले गरेका दर्जन निर्णयहरू केके हुन् ?

सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस

बिहिवार, पुस ११ २०८१
बिहिवार, पुस ११ २०८१
  • मन्त्रिपरिषद् बैठकले गरेका दर्जन निर्णयहरू केके हुन् ?
    images
    images

    काठमाडौँ /  पुस ९ गते (मङ्गलबार) बसेको मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ ।  मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

    सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले विभिन्न १२ वटा निर्णय सार्वजनिक गरेका हुन् । बैठकले मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो सञ्चालन गरेमा कसूर तोक्ने निर्णय गरेको छ । 

    यसैगरी, बिमा प्राधिकरणको अध्यक्ष तोक्न सरकारले राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा समिति गठन रेको छ । यसैगरी सञ्चारमन्त्री गुरुङले सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको निर्णय बैठकले गरेको जानकारी दिए । 

    यसैगरी, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । 

    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार