images
images

चौधरी ग्रुपले ल्यायो विद्युतीय सवारी एआईओएन वाई, मूल्य ५४ लाख ९९ हजार रुपैयाँ

चौधरी ग्रुपले ल्यायो विद्युतीय सवारी एआईओएन वाई, मूल्य ५४ लाख ९९ हजार रुपैयाँ

बुधवार, फागुन २ २०८०
बुधवार, फागुन २ २०८०
  • चौधरी ग्रुपले ल्यायो विद्युतीय सवारी एआईओएन वाई, मूल्य ५४ लाख ९९ हजार रुपैयाँ
    images
    images

    काठमाडौँ / व्यवसायिक घराना चौधरी ग्रुपले विद्युतीय सवारी एआईओएन वाई नेपालमा सार्वजनिक गरेको छ ।  हिजो मंगलबार थापाथलीस्थित सोरुमबाट उक्त विद्युतिय सवारी सार्वजनिक गरेको हो ।  एआईओएन वाईको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

    सीजी मोटर्सले ग्वाङझाउ अटोमोबाइल ग्रुप कर्पोरेशन र ग्लोबल अटोमोटिभ पावर हाउससँगको सहकार्यमा आधुनिक विद्युतीय सवारी बजारमा ल्याएको छ ।  पछिल्लो समय चौधरी ग्रुप विद्युतीय सवारी बिक्रीवितरणमा आक्रामक बन्दै गएको छ ।

    चोधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गथापथपलीमा एआईओएन वाईको सफ्ट लन्चसँगै पहिलो सोरुम पनि सञ्चालन गरेको उद्घोष गरे । 

    cg nepal1.JPG

    प्रबन्ध निर्देशक चौधरीले विद्युतिय गाडीको नेपाली बजार ठूलो सम्भावना रहेको बताए । विश्व बजारमा नेपालले विद्युतिय गाडीका लागि बनाएको ऐनको खुलेर प्रशंसा हुने गरेको बताए । जसले ठूलो संख्यामा विद्युतिय गाडीको ब्यापार बढेको उनले बताए । 

    एआईओएन वाई मा अत्याधुनिक ब्याट्रीको प्रयोग गरिएको छ । गाडीको लम्बाई ४५ हजार ३५० एमएम, चौडाई १८७० एमएम र उचाई १६५० एमएम छ। 

    cg- nepal.JPG

    यसमा २७५० एमएमको हृवीलवेस पाउन सकिन्छ । कम्पनीले यसमा १०।२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४।६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । कप होल्डर, वायरले चार्जर पनि पाइनेछ ।

     चौधरी ग्रुपले यसअघि नेटा भी विद्युतीय सवारी पनि बजारमा ल्याइसकेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार