काठमाडौँ / सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यसअघिको तुलनामा आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
यसअघि प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख १८ हजार रुपैयाँ पुगेको हो ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँबाट बढेर १ लाख १७ हजार ४ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
यता, चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ४ सय ३० रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १ हजार ४ सय १० रुपैयाँ कायम भएको हो ।